slider

कलंकीचोकमा सव वे निर्माण

काठमाडौँको कलंकीचोकमा बुधबार सव वे निर्माणको काम गर्दै कामदार । दुई वर्षमा सव वेको कामसम्पन्न भएपछि चक्रपथमा ओहोरदोहोर गर्न गाडीले पालो पर्खनुपर्दैन ।

विजौरीमा मयूर नाँच

दाङको विजौरीमा कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक व्यापारिक महोत्सवमा बुधबार मयूर नाँच देखाउँदै युवा । तस्वीर – बालाराम खड्का

मुस्ताङ्को ताङ्बे खण्डहर क्षेत्र

चीनले तिब्बतको सार्वभौमिकता लिईसकेपछि स्वतन्त्र तिब्बतका लागि खाम क्षेत्रका बासिन्दाले विसं २०३० मा चिनियाँ फौजसँग लड्न प्रयोग गरेको मुस्ताङ्को ताङ्बे क्षेत्र । तस्बिर

लटरम्म सुन्तला

म्याग्दीको भगवतीमा लटरम्म फलेको सुन्तला । यसक्षेत्रमा सुन्तलाको उत्पादन बढेकाले कृषक उत्साहित भएका छन् । तस्बिरः कमल खत्री

लेबनानी महिला सेना

लेबनानी महिला सेना लेबनानको राजधानी बेरुतमा देशको ७३ औ स्वतन्त्रताको अवसरमा एक सरकारी समारोहमा सैन्य परेड मार्च पास गर्दै तस्बिर- एएफपी

सेल्फीका पारखी

राजधानीमा विमान परिचारिकासम्बन्धी तालिम लिइरहेका युवतीहरु तालिमको सिलसिलामा पोखरा आएको बेलामा पोेखरा विमानस्थलमा सेल्फी तस्बिर लिँदै । तस्बिर – प्रदीपराज वन्त

सुन्तला

इलामको बरबोटेस्थित एक बगानमा लटरम्म फलेको सुन्तला । यो वर्ष उत्पादन बढेपछि कृषक हर्षित छन् । तस्बिर – गोविन्द लामिछाने