slider

माछा मारेर फर्कदै

पोखरा महानगरपालिका वडा नं ६ गौरीघाटबाट देखिएको फेवाताल र ताल पारीबाट माछा मारेर फर्कदै गरेका स्थानीय । तस्वीर: जमुना वर्षा शर्मा, रासस

मालिकाधुरीको मनोरम दृश्य

म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित चर्चित धार्मिक पर्यटकीयस्थल मालिकाधुरीमा रहेको मालिकादेवी मन्दिर र त्यहाँबाट देखिएको धौलागिरि हिमाल । समुन्द्री सतहदेखि

शनिदेवको पूजा गर्दै भक्तजन

सप्तरीको रुपनी गाउँपालिकाको चुरेजङ्गल नजिकै शनिदेव धाममा शनिदेवको आइतबार पूजा गर्दै भक्तजन । विशेष गरी यस धाममा शनिबार भक्तजनको घुइँचो लाग्ने गर्छ ।

मनोरम चित्लाङ

नेपालकै ठूलो चरण क्षेत्र रहेको चित्लाङस्थित गुर्जुधारा चौर । महाकवि  लक्ष्मीप्रसाद देवकोटाले  यही चौरमा ‘यात्री’ कविता रचना गरेको बताइन्छ । तस्बिरः रिपेश दाहाल/रासस

जाजरकोटको दम्दालागाउँ

आलु र सुन्तला उत्पादनमा प्रसिद्ध जाजरकोटको कुशे गाउँपालिका– ५ दम्दालागाउँ । सडक सञ्जाल जोडिएसँगै आफ्नो उत्पादन बिक्री वितरण गर्न र आवतजावतमा स्थानीयवासीलाई सहज

निलगिरि हिमाल

मौसममा सुधार आएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ भुरुङतातोपानीबाट देखिएको निलगिरि हिमाल । तस्बिर: कमल खत्री/रासस

हुर्रा नाच प्रस्तुत गर्दै मगर कलाकार

जातीय पहिचान झल्कने पोशाकमा सजिएर हुर्रा नाच प्रस्तुत गर्दै रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीस्थित भोर्लेनीका मगर कलाकार । छ वडा रहेको रावाबेँसी गाउँपालिकाले हरेक जातजातिको

पर्यटकको चहलपहल

फेवाताल छेउमा प्याराग्लाईडिङ ल्याण्ड गर्ने स्थानमा पर्यटकको चहलपहल । साहसिक पर्यटनका रुपमा रहेको प्याराग्लाईडिङ पोखराको सराङ्कोटबाट उडेर उक्त क्षेत्रमा ल्याण्ड गरिन्छ । तस्वीर:

धार्मिक पर्यटकीयस्थल मालिका धुरी

फागुन २, काठमाडौँ – म्याग्दीको रघुगङ्गा गाउँपालिका र मालिका गाउँपालिकाको सीमानामा पर्ने प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मालिकाको धुरी । यो समुद्री सतहदेखि ३ हजार