फागुन ८, काडमान्डौं– युक्रेनका राष्ट्रपति विक्टर यानुकोविच हिंसा अन्त्यका लागि विपक्षीसँग वार्ता गर्न सहमत भएका छन । उहाँले जारि संघर्ष राकिएको पनि घोषणा गरेका छन । विपक्षीसँगको प्रदर्शनका क्रममा एक हप्तामै एक पत्रकार सहित कम्तीमा दुई दर्जन बढी प्रदर्शनकारीको मृत्यु भएपछि राष्ट्रपति यानुकोविच वार्ताका लागि तयार भएका हुन । राष्ट्रपतिले सेना प्रमुख कर्नल जनरल वोलोडिमिर जÞमानालाई बर्खास्थ गरि नयाँ सेना प्रमुख ल्याउने तयारी समेत गरेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन ।