असोज १२, काठमाडौं – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दैलेखमा एक लाख ५८ हजार आठ सय ५८ मतदाता कायम रहेका छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा पुरुष ७९ हजार चार सय २० र महिला ७९ हजार चार सय ३८ मतदाता कायम भएका छन् ।
दुई सङ्घीय निर्वाचन क्षेत्र, चार प्रदेशसभा क्षेत्र रहेको दैलेखमा कुल मतदानस्थल दुई सय सात र मतदान केन्द्र एक सय ३९ वटा कायम भएको निर्वाचन कार्यालयका सूचना अधिकारी विवेक पुरीले जानकारी दिनुभयो । सङ्घीय निर्वाचन क्षेत्र नं १ मा पुरुष ३८ हजार नौ सय ४४ र महिला ३९ हजार तीन सय ३८ मतदाता छन् । दैलेख क्षेत्र नं १ मा ७३ मतदानस्थल र एक सय तीन मतदान केन्द्र छन् ।
यसैगरी दैलेख क्षेत्र नं २ मा पुरुष ४० हजार पाँच सय ७६ र महिला मतदाता ४० हजार एक सय छन् । यस क्षेत्रमा ६६ मतदानस्थल र एक सय चार मतदान केन्द्र रहेका कार्यालयले जनाएको छ । यस्तै चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा क्षेत्र नं १ को ९क० मा ३५ हजार चार सय ९९ मतदाता रहेका छन् । पुरुष १७ हजार आठ सय ९५ र महिला १७ हजार छ सय चार मतदाता छन् । यस प्रदेशसभा निर्वाचन क्षेत्रमा ३३ मतदानस्थल र ४७ मतदान केन्द्र छन् ।
प्रदेशसभा क्षेत्र नं १ ९ख० मा ४२ हजार सात सय ८३ मतदाता छन् । चालिस मतदानस्थल र ५६ मतदान केन्द्र रहेको यस क्षेत्रमा पुरुष २१ हजार ४९ र महिला २१ हजार सात सय ३४ मतदाता छन् ।
यस्तै दैलेख निर्वाचन क्षेत्र नं २ प्रदेशसभा निर्वाचन क्षेत्र ९क० मा ३९ हजार एक सय ९८ मतदाता छन् । पचास मतदान केन्द्र र ३१ मतदानस्थल रहेको यस क्षेत्रमा पुरुष १९ हजार पाँच सय ४१ र महिला १९ हजार छ सय ८४ मतदाता छन् ।
क्षेत्र नं २ अन्र्तगत प्रदेशसभा निर्वाचन क्षेत्र ९ख० मा ४१ हजार चार सय ७८ मतदाता छन् । ३५ मतदानस्थल र ५४ मतदान केन्द्र रहेको यस क्षेत्रमा महिला २० हजार चार सय १६ र पुरुष २१ हजार ६२ मतदाता रहेका सूचना अधिकारी पुरीले बताए ।