माओवादी केन्द्रका अध्यक्ष दाहाल आज भारत जाँदै

असार ३१, काठमाडौं  – नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदै छन्। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लाग्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

दुई महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले अध्यक्ष दाहाललाई भेटी उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिएका हुन् । अध्यक्ष दाहालको भ्रमणका बारेमा बिहीबार साँझ बसेको स्थायी समिति बैठकमा छलफल भएको थियो ।