फागुन २, काठमान्ठौं– हिन्दु महिलाहरुले लिने श्रीस्वास्थानी ब्रत आजबाट समापन हुदैछ । पौष शुक्ल पुर्णिमाका दिनदेखि सुरु हुने ब्रत माघ शुक्ल पुर्णिमाका दिन आज समापन हुन लागेको हो । एक महिना लामो ब्रतको आज अन्तिम दिन जनै, अक्षता, बेलीपुष्प, पान, मसला आदि देवी स्वस्थानीलाई चढाउने प्रचलन रहेको छ । यस्तै धुपबत्ती बाली घरघरमा बालुवाको शिव लिंग बनाइ बीचमा उंmकार लेखी पुजा अर्चना गर्ने गरिन्छ । आजै पुजा सकेर पुजाका लागि प्रयोग भएको फुलप्रसाद नजिककैको खोलामा लगेर बिसर्जन गर्दै स्वास्थानी ब्रत कथा समापन गर्ने गरिन्छ । ब्रतको एक महिनाको अवधीमा स्वास्थानीको पुजा गर्ने तथा कथा सुन्ने प्रचलन छ । स्वास्थानीको ब्रत बस्नाले उचित फल प्राप्त हुने विश्वास गरिन्छ ।