चैत २३, काठमाडौं – फिल्म ’महापुरुष’ निर्माण हुने भएको छ । मह जोडी को मुख्य भूमिका रहने फिल्मलाई निर्देशक प्रदिप् भट्टराइले निर्देशन गर्ने छन्।
फिल्मलाई रवीन्द्रसिंह बानियाँ र दीपेश खत्रीको षट्कोण आर्ट्सले निर्माण गर्ने भएको हो । मह जोडीको अलावा फिल्ममा रवीन्द्रसिंह बानियाँ, कविता सुवेदी र प्रशान्त श्रेष्ठको समेत अभिनय हुनेछ । स्थानीय चुनाव सकिए पस्चात फिल्म फ्लोरमा उतार्ने निर्माण टिमको योजना छ ।
जात्रामार्फत निर्देशनमा डेब्यु गरेका भट्टराईले यो फिल्मको निर्माणमा समेत बानियाँसँग सहकार्य गरेका हुन् ।