चैत ६, काठमाडौं – गायक महेश काफ्लेको नयाँ गीत सार्वजनिक भएको छ। उनले ’पश्मिनाको शल’ बोलको नयाँ गीत ल्याएका हुन् । गीतको शब्द र संगीत स्वयं महेशको रहेको छ। संगीतमा महेशलाई भोजराज काफ्लेले साथ दिएका छन्
असीम शाहको निर्देशनमा बनेको गीतको भिडियोमा गायक काफ्ले सँग एलिसा राई फिचर्ड छिन् । एरेन्ज सन्जल बिटु भण्डारीको रहेका छ भने कोरियोग्राफ सुवोल थापाले गरेका हुन् ।
भिडियो हरि हुमागाईँले खिचेका हुन् भने इडिट लोकेश बज्राचार्यको रहेको छ । भिडियोलाई युट्युब च्यानल जी टु वान डिजिटल मार्फत रिलिज गरिएको छ ।