बारेकोट गाउँपालिका–२ रोकायगाउँ–४ को गोठगाउँ र ५ को नायकवाडा गाउँमा लगाएको गहुँबाली । आकाशे पानीको भरमा लगाएको गहुँबाली हिउँदे वर्षा धेरै भएकाले राम्रोसँग हुर्किएको छ । यो वर्षदेखि यहाँका सबै बस्तीमा सडक सञ्जालसमेत पुगेको छ । परिधिमा देखिएको कराइचुला हिमाल जाजरकोट, जुम्ला र डोल्पाको सिमानाको रुपमा रहेको छ । तस्वीर ः हेमन्त केसी, रासस