माघ २४, एजेन्सी – अफ्रीका कप अफ नेसन्स फुटबलको उपाधि सेनेगलले जितेको छ ।
आइतबार राति भएको फाइनलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा हराउँदै सेनेगल च्याम्पियन बनेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा सेनेगल ४–२ ले विजयी भयो ।
इजिप्ट भने आठौं पटक उपाही जित्न असफल भएको छ ।