फागुन १, नवलपरासी– जिल्लाको कला सस्कृती र पर्यटकिय विकासमा टेवा पुर्याउने उदेश्यका साथ आजदेखी नवलपरासीको कावासोतीमा नवलपुर महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन अघि आज विभिन्न जातजातिको सांस्कृतीक पहिचान झल्कने र्यालीसहित कावासोती नगर परिक्रमा गरिएको छ । महोत्सवमा १ सय ५० वटा स्टल रहने प्रचारप्रसार संयोजक गोविन्द क्षेत्रीले जानकारी दिए । महोत्सवमा सबैभन्दा ठुलो चरा अष्ट्रिच, रंग परिवर्तन गर्ने चरा, कालो रंग हुने कोरियन कुखुरा, राष्ट्रिय तथा अन्तराष्ट्रिय र स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहने आयोजक योङस्टार क्लब कावासोतीले जनाएको छ । महोत्सव यहि फागुन १३ गतेसम्म सञ्चालन हुनेछ ।