एसीसी महिला क्रिकेटमा नेपालले आज थाइल्याण्डको सामना गदै

फागुन १,काठमान्डौं– एसीसी वुमन्स प्रिमियर क्रिकेट प्रतियोगितामा नेपालले आज थाइल्याण्डको सामना गर्दैछ । प्रतियोगिताको आफ्नो दोस्रो खेल पनि जित्ने तयारी नेपाल रहेको छ । रोयल च्याङमाई गल्फ क्लबको मैदानमा हुने खेलमा नेपालका लागि जीत महत्वपूर्ण रहेको छ । यसअघि नेपालले इरानलाई २ सय २१ रनको फराकिलो अन्तरले पराजीत गरेको थियो । एसीयाली क्रिकेट काउसिन्सलले पहिलो पटक आयोजना गरेको ४० ओभरको क्रिकेट प्रतियोगितामा नेपालले अब, चीन, भुटान र हङकङसँग पनि खेल्नेछ । प्रतियोगिताको शिर्ष तीन टोली एसीयाली खेलकुदमा सहभागी हुन पाउनेछन् । प्रतियोगिमा भाग लिन कप्तान रुबीना क्षेत्रीको नेतृत्वमा १४ सदस्य नेपाली महिला क्रिकेट टोली थाइल्याण्ड गएको हो ।