कार्यक्रमलाई पुनः प्रसारणमा ल्याउँदै जितु

पुष १४, काठमाडौं – हाँस्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ पुनःप्रशारणमा आउने भएको छ ।

केही समय अघि बन्द गरिएको कार्यक्रम अब नयाँ निर्देशक र नयाँ कलाकारहरूका साथ प्रसारणमा आउने भएको हो । शोलाई अब दिनेश डिसीले निर्देशन गर्ने छन् ।

साथसाथै पहिलेका अब केही कलाकारहरू पनि सो मा नहुने कार्यक्रमका होस्ट जितु नेपालले बताएका छन् । कार्यक्रम कुन च्यानल बाट आउँछ भनेर चाहिँ हाल सम्म टुंगो भैसकेको छैन ।

उक्त कुराको जानकारी कलाकार जितुले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।