असाेज ३०,काठमाडाैं-विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का एक अधिकारीका अनुसार दुइ महिना भित्र हरेक साता इबोलाका १० हजार नयाँ मामलाहरू प्रकाशमा आउनसक्ने बताएका छन ।
डब्ल्यूएचओका सहायक निदेशक डक्टर ब्रूस एलवर्डले बताए अनुसार इबोलाको संकटलाइ रोक्नका लागी ६० दिन भित्र सहि कदम नउठाएमा निकै धेरै मानिसहरूको मृत्यु हुन सक्दछ ।
उनले बताए अनुसार डब्ल्यूएचओको एक अनुमान अनुसार दुइ महिनाहरूमा प्रति साता १० हजार मामलाहरू आउन सक्दछ । एलवर्डले बताए अनुसार गत चार सातामा प्रतिसाता इबोलाका करिब १ हजार मामनला प्रकाशमा आएका थिए ।
इबोलाबाट अहिले अफ्रीकी महाद्वीपका मुलुकहरू सियरा लियोन, गिनी तथा लाइबेरिया निकै नराम्रोसंग प्रभावित भएका छन ।