मंसिर १२, एजेन्सी- दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्तिमा कोरोनाको नयाँ भेरियन्ट ’ओमिक्रोन’का शङ्कास्पद सङ्क्रमित भेटिएपछि जर्मनीमा उच्च सतर्कता अपनाइएको छ ।
दक्षिण अफ्रिकाबाट फर्किएका एक व्यक्ति नयाँ भेरियन्टबाट सङ्क्रमित भएको हुनसक्ने पश्चिमी राज्य हेस्सीका सामाजिक मामिलामन्त्री काइ क्रोजले ट्विटमा उल्लेख गरेका छन् ।
तर पुष्टिका लागि थप अनुसन्धान हुन बाँकी नै रहेको समाचार संस्था एएफपीले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले नयाँ भेरियन्ट ओमिक्रोनलाई चिन्ताको विषय घोषणा गरेको छ ।