उत्तर कोरिया र दक्षिण कोरियाबिच केहिदिन भित्रै बार्ता सुरु हुने भएको छ । यी दुई देश छुट्टिादा अलग–अलग देशमा परेका परिवारहरुको पुर्नमिलनका लागि दुई देशबिच छिट्टै बार्ता हुने पक्का भएको हो । यस अघि पनि पटक पटक भएको प्रयासमा दक्षिण कोरियाले अमेरिका संग सैन्य अभ्यास गर्ने भएपछि उत्तर कोरियाले बार्ता नगर्ने चेतावनी दिएको थियो । उत्तर कोरियाले बार्ताका लागि पुन: पत्र पठाएपछि बार्ता हुने सम्भावना भएको हो । दुई देशका उच्च अधिकारी सम्मिलीत बार्ता पान्मुन्जन सिमा क्षेत्रमा हुनेछ । उक्त वार्तामा पारिवारिक मिलन बाहेक अन्य बिषयमा कुरा नहुने अधिकारीहरुको भनाई छ । बार्तामा दक्षिण कोरियाका तर्फबाट राष्ट्रिय सुरक्षा समितिका सहायक सल्लाहकार किम ह्युनले नेतृत्व गर्नेछन् भने उत्तर कोरियाबाट कसले नेतृत्व गर्ने भन्ने सार्वजनिक गरिएको छ । किम ह्युनले यो बार्ता निकै उपलब्धीमुलक हुने र यसले दुई देशबिचको सम्बन्धलाई सुमधुर बनाउन सहयोग पुग्ने विश्वास लिएका छन् । सन् १९५० देखि सन् १९५३ सम्म भएको कोरिया युद्ध पछि दुई देशमा बिभाजित भएको थियो । देश बिभाजित भएपछि त्यहााका नागरिकलाई जुन देशमा रहेका थिए त्यहााबाट अर्को देशमा जान दिईएको थिएन ।