कात्तिक २६, काठमाडौँ – स्याङ्जाको गल्याङ नगरपालिकामा सभागृह ९सिटीहल० निर्माण गरिएको छ । गल्याङ –३ स्थित गल्याङबजार नजिक कूल रु तीन करोड ६६ लाख ३५ हजार ३४३ का लागतमा निर्माण भएको सो सभागृहको क्षमता ३०० जनाको छ ।
सहरी विकास सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख इञ्जीनियर झपटबहादुर थापाले बिहीबार गल्याङ नगरप्रमुख भूपराज अधिकारीलाई सो सभागृह भवन हस्तान्तरण गरे । “गल्याङ नगरपालिका पछिल्लो समयमा घोषणा भएको पालिका भएकाले पनि यहाँ भौतिक पूर्वाधार थिएनन्”, प्रमुख अधिकारीले भने, “अहिले नगरपालिका आफ्नै र विभिन्न कार्यालयसँगको समन्वय र सहयोगमा भौतिक पूर्वाधारको निर्माणमा जोड दिइरहेका छौँ ।” रविना फुलजोर जेभीका सञ्चालक नोठप्रसाद खनालले समयमै सभागृह निर्माण गरी हस्तान्तरण गरिएको जानकारी दिए ।