असोज २२,काठमाडौं – काठमाडौं महानगरपालिकाले आजदेखि १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिने भएको छ।
आज महानगरपालिकाका ३२ वटै वडामा १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको हो।
महानगरपालिकाले सूचना जारी गर्दै सबै वडा कार्यालयका नियमित खोप केन्द्रमा खोप लगाउन सकिने बताएको छ।
निजामती कर्मचारी अस्पताल, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लगाउन सकिनेछ।