असोज ७, काठमाडौं – ट्राफिक नियम पालना नगर्दा होस् वा नियमसम्बन्धी जानकारी नभएर अहिले दिनप्रतिदिन सडक दुर्घटना हुने क्रम बढिरहेको छ । यसरी दिनप्रतिदिन सडक दुर्घटना बढ्दै जानुका कारण सवारी चालक र पैदलयात्रु जिम्मेवार रहेका हुन्छन् । दुर्घटना बाट बच्न निम्न उपायहरु निम्न उपायहरु रहेका छन् ।
पैदल यात्रीहरूका लागि
बाटोमा पेटीबाट मात्र हिँड्ने ।
जेब्राक्रसिङबाटै बाटो काट्ने ।
बाटोमा हिँड्दा इयरफोन प्रयोग नगर्ने ।
राति चम्किलो लुगा लगाएर हिँड्ने ।
मोबाइलमा कुरा गर्दै नहिँड्ने ।
दायाँ–बायाँ हेरेर मात्र बाटो काट्ने ।
सवारी चालकका लागि
तीव्र गतिमा सवारी नचलाउने ।
दुई पाङ्ग्रे सवारी चालकले हेलमेट, पञ्जा तथा बाक्लो कपडा लगाउने ।
लेनअनुसार सवारी साधन चलाउने ।
टाउकाको सुरक्षाका लागि हेल्मेटको बेल्ट अनिबार्य बाँध्ने ।
सवारी साधन चारैतिर हेरेर मात्र मोड्ने ।
ट्राफिक नियमका बारेमा सचेत रहने ।