असोज ६, काठमाडौं – सरकार बनेको दुई महिना पश्चात प्रधानमन्त्री शेरबहादुर देउवाले बल्ल एक मन्त्री थप्ने भएका छन् ।
मंगलबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका चार शीर्ष नेताको बैठकले कांग्रेसका नेता डा. नारायण खड्कालाई पराराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरेको छ ।
असार २९ मा प्रधानमन्त्री बनेका देउवाले त्यसै दिन कांग्रेसबाट २ र माओवादीबाट २ जनालाई मन्त्री बनाएका थिए । त्यसपछि साउन १० उमेश श्रेष्ठलाई स्वास्थ्य राज्य मन्त्री बनाएका देउवाले ६ सदस्यीय मन्त्रिपरिषदमा खड्कालाई थप्न लागेका हुन् ।
खड्कालाई आज (बुधबार) नै मन्त्रीको सपथ खुवाउने तयारी छ ।