भदौ १३, कााठमाडौ – एमाले फुटाएर नयाँ वनेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।
नयाँ दल दर्ता भए लगत्तै आइतवार बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो । यसै गरि राष्ट्रियसभा संसदीय दल नेतामा स्थायी कमिटी सदस्य बेदुराम भुसाल चयन भएका छन् ।
गठबन्धन सरकारमा सहभागी हुने तयारीमा रहेको एकीकृत समाजवादीमा प्रतिनिधिसभाका ३० सांसद छन् ।