जनवादी गायक जेबी टुहुरेको निधन

 

भदौ १०, काठमाडौ -जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार उनको निधन भएको हो ।

७८ वर्षिय टुहुरे भदौ १ गते कलंकीस्थित घरमा पक्षघात भएर लडे पछि उनलाई परिवारका सदस्यले अस्पताल पुर्‍याएका थिए । मुटु, फोक्सो, महुमेह र उच्च रत्तचाप लगायतका दीर्घरोग भएका कारण उपचार सफल हुन नसकेपछि उनको निधन भएको हो ।

२००१ साल १५ कात्तिकमा धरान बजारमा जन्मिएका उनको वास्तविक नाम जुठबहादुर खड्गी हो । तर उनि जेबी टुहुरेवाट चर्चित बने । उनलेले सानैदेखि गीत गाउन थालेका थिए । २०२० को दशकदेखि कम्युनिस्ट विचारधारासँग नजिक भएका उनले २०२४ सालदेखि जनताका गीत गाउन थालेका थिए । उनको ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भएर ‘’ लोकप्रिय छन ।

राजनीतिक हिसावले माले, एमाले हुँदै पछिल्लो समय माओवादी केन्द्रमा थिए । दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट सभासद बनेको उनी जनसांस्कृतिक महासंघका संरक्षक र माओवादीका सल्लाहकार हुन् ।