मौद्रिक नीति आज ४.१५ बजे सार्वजनिक हुने

साउन २९, काठमाडौं -मौद्रिक नीति आज अपराह्न ४.१५ मा सार्वजनिक हुने भएको छ।

शुक्रबार बिहान बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समतिले मौद्रिक नीति पास गर्दै सवा ४ बजे सार्वजनिक गर्ने निर्णय गरेको हो। बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको भेटमा मौद्रिक नीति र बजेट संशोधनमा छलफल भएको थियो।

नेपाल राष्ट्र बैंकले सञ्चालक समिति सदस्यहरुलाई शुक्रबारको बैठकको लागि बिहीबार पत्र पठाएको थियो। आज ८ बजेदेखि १० बजेसम्म बसेको बैकठले मौद्रिक नीतिलाई पास गरेको छ।