काठमाडौ -सरकार जनताको लागि हो । निमुखा, गरिब र असाहाय जनताको अभिभावक पनि हो । तर, यिनै निमुखाको भरोसा खोस्न सरकार नै लाग्छ भने त्यहाका जनताको के मनोदशा होला ? अहिले शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि हातमा पर्नै लागेको जग्गाको लालपुर्जा सुकुम्बासीले गुमाउनु परेको छ ।
भुमि पाउने आश बोकेका गरिबको आंखा रसाएका छन् । जग्गाकोलागि फारम भर्ने, नापी गर्ने र आवश्यक प्रक्रिया पुरा गरिसकेको भुमिहिन तथा सुकुम्बासी आयोग एकाएक खारेजी गरेको खबरले निमुखा जनता भक्कानीएका छन् । बांकेको कोहलपुर नगरपालिका—१२ डुडुवा खोला छेउ बस्दै आएका सुकुम्बासीले आशुधारा सहगित यसरी पोखे पिडा । हेरौ भिडिायो ।