असोज १० ,काठमाडौं – पछिल्लो समय नेताहरु उपचारका लागि बिदेश तिर जानेक्रममा आज नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्बप्रधानमन्त्रि झलनाथ खनाल अमेरिका गएका छन । स्वास्थ्य समस्याबाट पिडीत खनाल उपचारका लागि विहान त्यसतर्फ लागेका हुन । उनिसंगै निजी चिकित्सक सुमन शर्मा उप्रेती, सहयोगी रणबहादुर राई र नवीन श्रेष्ठ गएको एमालेले जनाएको छ । अध्यक्ष खनालको वासिङटन डिसीस्थित जोन हब किङग्स अस्पताल, उपचार हुने उनि निकट एक केन्द्रिय नेताले इमेलखबरलाई जानकारी दिए । अध्यक्ष खनाल दसैंपछि स्वदेश र्फकने बताइएको छ ।
खनाल अमेरिका प्रस्थान
