सरकार गठनबारे आन्तरिक छलफलमा काग्रेस र माओबादी, राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी नहुने

असार २९, काठमाडौं-  सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि कांग्रेस र माओवादी सरकार गठनका लागी छलफलमा जुटेका हुन् ।

देउवाले आजै प्रधानमन्त्रीको शपथग्रहण गर्दैछन् । त्यसअघि आजै कांग्रेस र माओवादीबाट २र२ जनाले मन्त्रीको शपथ गर्दैछन् । यसका लागि कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल गर्दैछन् । राष्ट्रिय जनमोर्चामा पनि अहिले नै सरकारमा सहभागी नहुने बताइएको छ ।