आज यो जीवनभरिका दशैँहरू सम्म्झिल्याउँदा बाल्यावस्थाका दशैँहरू अत्यन्तै उज्याला, सुककला र झिलिमिली भएर यो मनमा नाँच्तछन्। लेखन भन्नु नै बाल्यवस्थाका सम्झनालाई मनको आँगनमा फिजाउँनु हो रहेछ। ती फिँजाउँदा कस्तो लाग्छ भने ती दिनमा दशैँ अत्यन्तै लामो प्रतीक्षा भएर आउँथ्यो, हर्षैहर्ष भएर आउँथ्यो। सम्पूर्ण शरीर मनमा उमड्गको बाढीजस्तो भएर आउँथ्यो। आज त्यस्तो हुँदैन।
थामीनसक्नु हर्ष बोकेर आउने दशैँहरू मेरो निम्ती नेपालको पूर्वी पहाडमा आए । ती दशैँहरू पाँचथरको च्यांगथापूदेझख ताप्लेजुङ्को सदरमुकामसम्म फिजाएर आएँ । दशैँ व्यक्तिगत रूपले हुनुभन्दा पहिले दुइ तीन महिना अघिदेखि पलाउन थाल्थ्यो। बालीनालीमा त्यो उत्रन्थ्यो, वनस्पतीहरूमा त्यो देखिन्थ्यो, खोलानालामा त्यो देखिन्थ्यो, धर्ती र आकास ढाकेर त्यो आउँथ्यो र बिस्तारसंग नयाँनयाँ गोरेटा बाटाहरू टेकेर त्यसको गाउँमा प्रवेश हुन्थ्यो। भावनाहरू दशैँमय भएपछि त्यसले ल्याउने सारा विधानहरू, कमहरू, क्रियाकलापहरू सबै कुराले दशैँको रूप लिएपछि सम्पूर्ण धर्ती, आकास ढाकेर मात्रै त्यो गाउँमा ओर्लन्थ्यो, घर्घरमा उत्रिन्थ्यो। आज त्यस्तो छैन। सांस्कृतिक रूपले हेर्दा आज अनेक परिवर्तनहरु आएका छन्, अनेक आडम्बरहरू भरिएका छन्। उस बेलाको दशैँ विशुद्द र सङ्लो हुन्थ्यो हाम्रो पहाड लिम्बूवान् भएको हुँदा लिम्बूहरूको आदि संस्कृति धर्तीमा अवतरित भएपछि मात्रै दशैँ आएझैँ लाग्थ्यो । अरू जातजाती पनि थिए– क्षत्री, बाहुन, कामी, दमाई, सार्की, राई आदि। यी सबैको लागि दशैँ एउटै हर्षको कोसेली बोकेर आएजस्तो लाग्थ्यो ।
तर, जातीय विभेद चर्को भएकोले प्रत्येकको दशैँ आ–आफ्नै अर्थका सीमा कोरेर आउँछ जस्तो लाग्थ्यो। खसी, बोका देख्ता, चिउरा, चामल देख्ता, क्षेत्री–बाहुन गाउँको सम्झना आउँथ्यो; चिल्लाचिल्ला हनाहा राँगा, कुखुराका रातासिँउरे भाले र कोदाका धोक्रा देख्ता मतवाली
गाउँको। त्यसबेलाको पहाडी जीवन दर्दान्त कष्ट, दुःख र अभावले भरिएको थियो। तर, कसैलाई त्यो कष्टको आभास थिएन, अभाव र दुःखको पनि थिएन। स्वाभिमानले भरिएको जाति आफैं सन्तुष्ट थियो जस्तो लाग्दछ किनभने दशैँको अभ्यर्थना सबैले त्यसैगरी गर्थे, प्रार्थना गर्थे, प्रतीक्षा गथे। प्रत्येकपल्ट दशैँ आए पनि त्यो बखतमा एकपल्ट होइन, जीवनमै एकपल्ट आउने सतवार्षिकी उत्सव जस्तो लाग्थ्यो । आज प्रत्येक वर्ष आउने दशैँ विभाजनको, विसांस्कृतीकरणको, अन्धानुकरणको, आडम्बरको र पीडाको प्रतीक जस्तो भएर आएझैँ लाग्छ।
आज ऊ दिन जस्तो छैन भदौ लागेपछि नास्पातीका दानाहरू बोटमा पहेंलै हुन्थे, अरिंगालले टोकेर तिनमा टोड्काटोड्की हुन्थे। तर तिनमा मह भरिएको हुन्थ्यो । बारीहरूमा कोदाका कपना देख्ता कसैले अनेकौं गह्रौं मुड्कीहरू आकासतघर उठाए जस्तो लाग्थ्यो। धान डोलाउन थालेको हुन्थ्यो, तिनीहरूका पातमा शीत झपक्क हुन्थ्यो। घाम निकैमाथी नचढञ्जेल शीतले हिँडीसक्नु हुदैनथ्यो। ज्यामघर सुन्तलामा रस पस्न थालेको हुन्थ्यो। लप्सीका गेडा अमिलिन थाल्थे। अम्बा पाकेर रनबन पहेँलपुर हुन्थ्यो।
खोला गडतघरमा अर्चल पाकेर राताम्ये हुन्थ्यो। खोल्सीको पानी सङ्लिन थाल्थ्यो, खरबारी पक्कै हुन्थ्यो। काँक्रा, फसी, नघरौंला, इस्कुस, चुच्चे करेला सबै तरकारी बारीभरि हुन्थे, छानाभरि हुन्थे। आँगनका डिलतघर थाङ्ग्रामा मकै हुन्थे । यसबेला अब दशैँ अवतरित हुने बेला भएझैँ लाग्थ्यो मनमनै। किनभने हाम्रा बा, काका, मामा, लिम्बू दाजु र सबै गाउँले मिलेर त्यसबेला डाँडापारी लागेका हुन्थे, अथवा धरान झरेका हुन्थे। कसैसंग घिउका टिन हुन्थे, कसैसंग अदवुका, कसैसंग बेसारका, कसैसंग खोर्सानीका, चघराइताका, मजिटाका ढाकरहरू हुन्थे। ती ढाकरहरू दशैँ बोलाउने दतहरूझैं लाग्थे।
छेउछेउमा एकएकवटा लालटेन झुण्ड्याएर, पुटुस्स हुने गरी कसिएका ढाकरमा सामान भरेर, खकन भिरेर, तोक्मा टेक्तै उनीहरू हिँडेको देख्ता कहिल्यै नदेखेको एउटा बजारको कल्पना हुन्थ्यो। त्यो बजार आफ्नै आँखाले देख्न पाए कस्तो हुन्थ्यो होलाजस्तो लाग्थ्यो।
लोग्नेमान्छेहरू डाँडापारी लागेपछि आइमाईहरू भेला हुन्थे। डोकानाम्ला बोकेर उनीहरू रातोमाटो खन्न, कमेरो खन्न निस्कन्थे। ससाना फुलुड्डे डोकाहरू भघरेर हामी पनि आमासितै जान्थ्यौं कहिलेकाहीं। कमेरो, कमेरो माटो बगघरहने पैरेनीतघर हुन्थ्यो भने रातोमाटो कान्लाभित्र कतै टोड्को पारेर खन्नु पर्थ्यो रातोमाटो कमेरो ल्याएपछि घरको ध्वाँसो झार्नु, लिपपोत गर्न, बर्षभरि उक्किएको पिढी टालटुल गर्नुजस्ता कार्यमा उनीहरू लाग्दथे । घरका सबै परिवार मिलेर घरको माथ्लो भागमा कमेरो छ्यापिन्थ्यो, बाबियोका कुचोले। गाराको आधीदेखि तल्लो भागमा रातोमाटो पोतिन्थ्यो, कपडाले। घरको अग्रभागमा झ्याल ढोका निर कालो रङ पनि लगाइन्थ्यो। राई लिम्बूका घरका सभत्तामा राम्राराम्रा फूलका बुट्टा र अन्य कलात्मक आकार हुन्थे। आफूले थचनेका सलम्बुनी छोरी बुहारीहरू ठूलाठूला ढुङ्ग्री र झम्के बुलाकी हल्लाउँदै घरका सभत्तानतर कति गोलाकार, कति चतुष्कोण आकृतिहरू एउटा केश जित्रो धर्को पनि फरक नपने गरी रचना गर्थे। आज सम्झिन्छु ती कलात्मक ज्यामितीय आकृतिहरूमा हजारौं वर्षको संस्कृति सदै आएझैँ लाग्छ। आज मिथिला आर्ट हेर्दा पनि ती कलात्मक आकृतिको सम्झना हुन्छ। घरमा यसरी रातोमाटो कमेरो पोनतसकेपछि अब दशैँ उत्रियो भनेजस्तो लाग्थ्यो हामीलाई। आज त्यो देख्न पाइदैन। घर सलपपोत सकेपछि सारा महिलाहरू रमाइलो दिन पारेर धारामा, कुवामा, खोल्सामा, खोलामा भेला हुन्थे अनि ठूलाठूला भाँडामा खरानी साबुनपानीमा उमालेर वर्षभरीका सारा लुगा धुन्थे, सुकाउँथे, पाखै झिलिमिली देखिन्थ्यो। यो दशैँको अर्को तयारी हुन्थ्यो। त्यसबेलासम्ममा माथि बरडाँडामा लिङ्गे पिङ थापिसकेको हुन्थ्यो। टाट्नाहरूमा ठूलाठूला खसी घाँस खाइरहेका हुन्थे, उघ्राइरहेका हुन्थे।
डाँडापारिबाट गाउँलेहरू १०-१५ दिनमा फर्कन्थे। तिनीहरूका ढाकर तोक्मा र कुम्लामा चढेर गाउँभरी दशैँ आउँथ्यो। त्यहाँ दुइ सेर चिनी हुन्थ्यो, एक बदल मट्टितेल, एक रूवपयाँको जिरा, चारपाँच पाथी नुन र संसारभरिका सस्ता तर बलिया कपडाका थानहरू, गजगजका टुक्राहरू। दशैँको सबैभन्दा ठूलो सन्देश हाम्रो लागि दमाईं हुन्थ्यो। एक दिनको बाटो टाढादेखि भएपनि घरघमा दमाईं बोलाईन्थ्यो। बालीका दमाईंहरू गाउँमा घरेपछि हाम्रो लागि साँच्चै दशैँ ओर्लेको हुन्थ्यो। अहिले सम्झिन्छु, बोराजस्तै खस्रा कपडा हुन्थे तर कपडा छेक्न दर्जीले यो शरीरमा कपडाको फित्ता घुमाउँदा, अंगारले ती
कपडामा चिनो लगाउँदा यो शरीर रोमाञ्चित हुन्थ्यो। यो मन हर्षले उम्लन्थ्यो। फाइबर वा खद्दरका हाँस उठ्ता कपडाका दौरा सुरुवाल, ठुटे अथवा इस्टकोट सिलाउँदा रातभरि मिसिसन चलिरहन्थ्यो। राडीमाथि सिकुवामा बसेर खीटिटि ।।। खीटीटी।।। खीटीटी।।।
त्यो मिसिन चल्दा हामी त्यसको आवाजप्रति मुग्ध हुन्थ्यौं। हामी अपलक एवं निर्निमेषा भएर त्यो हेरिरहन्थ्यौँ। माडसरीका थान कपडाबाट कस्तो कस्तो विचित्रको बास्ना आउँथ्यो। कपडाहरू नाकैमा लगेर सुँघ्थ्यौ। हामीलाई त्यो डाँडापारिको बासना जस्तो लाग्थ्यो, ठूलो बजारको सुगन्ध जस्तो लाग्थ्यो। आज पेन्टिएम फोर कम्प्युटरमा इन्टरनेट जोडेर हेर्दा यो मनमा कुनै हर्ष छैन किनभने त्यो काईंला दमाईंको कल आधुनिकयन्त्र युगको ठूलो रहस्य हुन्थ्यो। बत्तीको छेउमा निहुरेर हेर्दाहेर्दा हाम्रा आँखीभौ नै कतिपल्ट झिल्सिन्थे, कहिलेकहीं टोपीको घेरोबाट धुवाँ आएपछि थाहा हुन्थ्यो। तर हामी लठ्ठ भएर त्यहीं घप्टन्थ्यौं। मेरो दौरामा गोजी हाल्छ कि हाल्दैन भन्ने ठूलो पीर हुन्थ्यो।
हाम्रो मनमा ती गोजीभरी चिउरा खाँदेर फाँको मार्दै कुध्ने अथवा टिको लगाएका पैसा छिन्द्रिङ्ग छिन्द्रिङ्ग बजाउँदै उफ्रिने ठूलो अभिलाषा हुन्थ्यो। काईंलो दमाईप्रतिको हाम्रो प्रेम अपार हुन्थ्यो। एक दशैँमा कपडा सिउँदासिउँदै गोली धागो सिद्यो र हाम्रा कपडा अधुरै रहे। त्यो वर्ष दशैँ नआएको पीडा सम्झिदा आज पनि मन अंध्यारै लाग्छ। दमिनी पनि भित्तामा ढल्केर तुनु लाउँथी। कति क्षेत्री बाहुनको घरमा दमाईंलाई दही, मोही दीँदैनथे हामीलाई मनमनै माया लागेर आउँथ्यो। तर ऊ सन्तुष्ट थियो होलाजस्तो लाग्छ। अहिले सम्झएर ल्याउँदा सयौं वर्षले किचेर ऊ त्यस्तो देझखएको होला। वास्तवमा ऊ मनमनै रोइरहेको हुनुपर्छ। मङ्सिरमा पाथीले भरेर
अन्न लान्थ्यो। आज त्यस्तो छैन।
नौरथा लाग्ने बेला भएपछि गाउँभरि उर्दी हुन्थ्यो। सबै गाउँले कोदालो, खुर्पा, हँसिया लिएर निस्कन्थे। आफ्नाआफ्ना गाउँका बाटाका झाडी फाँडिन्थे, खोलातिर फड्के हालिन्थे, खोल्सीमा मूँढा तेछ्र्याइन्थे, प्रत्येकका घरघर जाने बाटाहरू खुर्केर त्यसैत्यसै हिँडिरहौं जस्ता चिल्ला हुन्थे। कान्लामाथि लालपातीहरू फुलेर लरक्कै हुन्थे, छेउछेउनतर सयपित्री र मखमली कोपिलामा हुन्थे। आँगनको पिँढी छेउतिर गोदावरीका झ्याम्टा हुन्थे। सकीनसकी हामी पनि बाटो सफा गर्न कस्सिन्थ्यौं र बेलुकीपख एउटा नयाँ संसार देखिएझैं लाग्थ्यो, हामी पल्लो गाउँसम्म, तल्लो गाउँसम्म सास रोकेर दगुर्थ्यौ। त्यसरी कान्ला र भित्तातिर, वनस्पती र वृक्ष तिर पनि दशैँ उत्रेझैँ लाग्थ्यो । आज त्यस्तो छैन।
म माथिमाथि लेकतिरका क्षेत्रीहरू सम्झिन्छु। नौरथा लाग्ने बेलामा बोराभरि मकै अथवा आलु बोकेर उनीहरू औलको बाहुनगाउँ झर्थे । हाम्रा खोल्याङ्नतर भर्खर तौलीधान पाक्दै हुन्थ्यो। राम्ररी पाकी पनि नसकेको धान दिनभरी आफैं काटिदिन्थे, झार्थे, माड्थे अनि कोही बाह्र माना, कोही दुइ पाथी, कोही तीन पाथी धान मकै वा आलुसंग साटेर लान्थे। बाह्र माना धान लगेर कतिको चिउरा कुट्नु, कतिको चामलकुटेर अछेता लगाउनु ? तिनीहरूले कहल्यै धानको भात खान पाउँदैनथे । त्यो नेपाली जीवनले भोगेको अभाव र कष्टको क्षण सम्झेर ल्याउँदा आज पनि मेरो बोली रोककन खोज्छ। खोल्सापारीका साकीहरू, डाँडागाउँका कामीहरू त्यतिकै दुःखी र भयावह जीवन काटिरहेका अत्यन्तै उपेक्षित प्राणी थिए। आँगनको पल्लाछेउको ढुङ्गामा मसलन अनुहारसंग ती बसेका हुन्थे याचनाको दृष्टिले एक टपरी दशैँको भाग उठाएर तल्लाघर लाग्थे। तर पनि सदियौंको सम्बन्धले होला त्यो प्रकिया उसबेला सही होलाजस्तो लाग्थ्यो। आज त्यो भयावह स्थितिमा भने अलि सुधार आएको होलाजस्तो लाग्छ। थाहा छैन, पहाड नपुगेको कति वर्ष भयो।
आज बहुलताले छाएको छ। समाज विविधीकरणको सँघारमा छ। धेरै कुराहरू फुक्लने घममा छन्। सहरहरूमा आधुनिकता छ र बिघ्नै आडम्बर पनि। गाउँहरू पनि सकिनसकी सहरको नक्कल गर्न खोज्छन्। माथिकाहरू आडम्बर प्रदर्शनमा छन् र तलकाहरू त्यो सिक्ने तालिममा छन्-लाउनमा, खानमा, पिउनमा, पर्वहरू मनाउनमा यद्यपि आधुनिकीकरणले ल्याएका यी उपलब्ध हुन् यी विकृति पनि हुन्।
अहिले दशैँको परिवेश उत्पन्न गराउने समाजका अनेक वर्ग स्वयम् विशृङ्खल देझखन्छन्, मानिसहरूको पेसा बदलियो, व्यवसाय बदलियो। त्यसैले खाद्यान्न र लाउने परिधानहरू पनि बेग्लै भए। टाट्नामा खसी छैनन्, खोरमा भाले छैनन्, थाममा पाकेको केराको घरी छैन, दर्जीहरू अब चादहँदैनन्, रेडिमेड आएको छ, ढिकीहरू बज्दैनन् मिल भित्रिएका छन्- प्रायः हरेक ठाउँमा बाटो छ, सञ्चार छ, व्यापारीकरण छ, अन्तराष्ट्रियकरण छ यसले गर्दा हाम्रो आफ्नो मौलिक पहिचान समाप्त हुँदै गएको छ। अतीतका दिनहरू समाजका लागि सुखद थिए भन्ने होइन तर मेरो लागि दशैँ जत्रो आकार, परिवेश र रूप लिएर पर्वकोरूपमा अवतरित हुन्थ्यो आज त्यो एक अंश पनि छैन। यो केवल औपचारिकतामा अल्झेको छ। एकदेश टाढा भएको कर्मचारीलाई जम्मा चार दिन छुट्टी हुन्छ, उसका लागि दशैँ केवल पीडा झैं आउँछ। एकदेश भएका विद्यार्थीहरू परदेशबाट रुखिएर घर पुग्छन् तर खर्च, परीक्षा, पढाइ, असफलता, जागिर र बिहेजस्ता अनेक टेन्सनले च्यापिएर उनीहरूको मनमा दशैँ उत्रिनै पाउँदैन। आज लाखौं नेपाली परदेशमा छन्- कुनै मरुभूसममा पिल्सिरहेका, कुनै हिमराशी छेउ कठाङ्ग्रिरहेका कुनै युरोप अमेरिकाका अनेक शहरमा। घर परिवार सम्झेर रोइरहेका तिनीहरूलाई सम्झदा कहाँ दशैँ आउँछ र हाम्रो मात्रै मनमा ।
आज हजारौं नेपालीहरू रतुवा-माई-बिरंगिको बगरमा रोएर कहर काटिरहेका छन्, अनागरिक भएर। तिनीहरूले बर्षौदेखि भोगेको अभाव र पीडा सम्झदा कहाँ दशैँ आउँछ र हाम्रो मात्रै मनमा ? विगत केही वर्षयता देशमा पशुको बलीझैं मानव-बली चलिरहेको छ। सारा दशैँहरू आँसुमा डुबे, शोकमा डुबे, १३ दिनमा, ४५ दिनमा, बर्षान्तमा। हजारौंले भय र त्रासका पलपल गनेर बिताए, हजारौंले ईश्वर पुकारेर, केवल रोएर। कोही न्यायका लागि लड्दैछ कि अन्यायका लागि कसैलाई त्यसको स्पष्टीकरण र व्याख्या आवश्यक छैन। तर प्रकृतिको भनौं कि ईश्वरको सृष्टिलाई मानिसले नै ध्वंश गरिरहेको दृश्य हेर्दै, सुन्दै, भोग्दै यो देशमा धेरैले आँसुको दहमा सुत्नु परेको छ, रगतको खोलोमा पौडनु परेको छ। यो वर्षको पनि दशैँको मुखैमा शान्तिबार्ता टुड्डियो र युद्द सुरु भयो । साराको हृदय डराएको छ, कामेको छ, रोएको छ। यस्तोबेला कहाँ आउँछ र दशैँ डगडगी कामेर बाँच्नेहरूका मनमा ! डगडगी कामेर मृत्यु पर्खिरहेकाको मनमा ! उसबेला जस्तो होइन, आजका ससाना बालबालिकाको मनमा पनि अनन्त भय, घोर निराशा र मृत्युको चित्र उत्रिन्छ। कहाँ आउँछ र तिनीहरूको मनमा पनि उसबेलाको जस्तो निर्मल दशैँ !
प्राध्यापक (अंग्रेजी), त्रिभुवन ववश्वववद्यालय, काठर्माडौँ, नेपाल ट्याङ्लाफाँट, कीर्तिपुर ! !