थप २ हजार ४४४ जना कोरोना संक्रमित, ४२ जनाको मृत्यु
प्रकाशित : २०७८ असार १४ गते १७:२१
असार १४, काठमाडौँ – नेपालमा आज थप २ हजार ४४४ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ भने ३ हजार ८५३ जना संक्रमणमुक्त भएका छन् ।