थप ४,५२२ जना संक्रमित, ४१ जनाको मृत्यु प्रकाशित : २०७८ असार ८ गते १८:०६ असार ८, काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा थप ४,५२२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै कोरोना संक्रमणका कारण ४१ जनाको मृत्यु भएको छ भने ४,९५४ जना संक्रमणमुक्त भएका छन् ।