असार २, काठमाडौ – तीज नजिकिदै गर्दा तीजका गीत निर्माण गर्ने र सार्वजनिक हुने गर्दछन । ति मध्ये केहि गीत नेपाली संस्कार र संस्कृति भन्दा वाहिर गएको पाइन्छ । नेपाली समाज र यसको सभ्यतालाई समेत उपेक्षा गरेको सुनिन्छ । यसै विषयलाई ध्यानमा राखि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले मौलिकतामा आधारित तीजका गीत गाउन कलाकारलाई आग्रह गरेको छ ।
उस्ले पछिल्लो समय केही कलाकारले अपाच्य खालका शब्दको प्रयोग गरी तीजका गीत बजारमा ल्याउनाले विकृति, विसङ्गति बढेकाले शब्दमा विशेष ख्याल राख्न अनुरोध गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, महासचिव सुवास केसी र विकृति, विसङ्गति न्यूनीकरण कार्यदलका संयोजक शिव हमाल द्वारा हस्ताक्षरित अपिलपत्रमा शब्दका आधारमा पछि निर्माण हुने भिडियोले दर्शकस्रोतामा झनै असर पु¥याउने भएकाले अश्लील गीत सिर्जना गर्ने कलाकारलाई नरुचाइने जनाइएको छ ।