असार २, काठमाडौं –पूर्वप्रधानमन्त्रीएवम् नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि आज भारतको नयाँदिल्ली लगिने भएको छ ।
ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गएको सोमबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
उनलाई थप उपचारको लागि दिल्लीको एपोलो अस्पतालमा लैजाने बताइएको छ। यसअघि, कोरोना संक्रमित भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर संक्रमणमुक्त भई घर फर्किएका थिए ।