जेठ, ६ काठमाडौं–– कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएर सहरबाट गाउँ पुगेकाले अब गाउँमै दोस्रो डोज लगाउन पाउने भएका छन् । स्वास्थ्य मन्त्रालयले एक बिज्ञप्ती निकाल्दै यस्तो व्यवस्था गर्न लागिएको बताएको छ ।
भेरोसेल दोस्रो मात्रा खोप लगाउनुपर्ने व्यक्तिले आफ्नो पालिकाका स्वास्थ्य संयोजकमार्फत जिल्ला स्वास्थ्य कार्यालयमा लगत टिपाउन सक्ने मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयकाअनुसार लगत तयार भएपछि छिटै प्रदेशको समन्वयमा खोप लगाउने मिति र ठाउँ तोकिनेछ ।
काठमाण्डौमा भेरोसेलकोे खोप लगाएका ध पहिलोरैजना निषेधाज्ञा भएपछि गाउँ फर्किएका छन् । खोपकै लागि उनीहरु काठमाण्डौ आउन नसक्ने भएकाले गाउँमै व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ ।