जेठ ३, काठमाडौँ – राष्ट्रिय समाचार समिति (रासस)का सम्पादन सहयोगी रुचिला तिवारीलाई पुत्रशोक परेको छ । उनका छोरा २७ वर्षीय दीपेश रेग्मीको कोरोना संक्रमणका कारण आइतबार निधन भएको छ ।
उहाँको त्रिवि शिक्षण अस्पतालमा कोभिडको उपचारका क्रममा निधन भएको हो । रेग्मीका श्रीमती र छोरी छन् ।