बैशाख १२, सुर्खेत – कर्णाली प्रदेशिक अस्पतालमा अक्सिजन प्लान्ट बन्ने भएको छ ।
अस्पतालका कोरोना फोकल पर्शन डा. केएन पौडेलका अनुसार आगामी हप्तादेखि अस्पतालमा अक्सिजन प्लान्ट निर्माण सुरु गरिने भएको हो ।
कति क्षमताको अक्सिजन प्लान्ट बन्ने भन्ने बारेमा छलफल भइरहेको उनले बताए ।
अस्पतालमा कोरोना संक्रमितको संख्या बृद्धि हुँदा भएका अक्सिजनहरुले नपुग्ने सम्भावना रहेकाले अक्सिजन प्लान्ट निर्माण गर्न लागिएको उनले बताए ।
कर्णाली प्रदेश अस्पतालमा कोरोना संक्रमितलाई लागि २५ वटा आइसियु र ८ वटा भेन्टिलेटर सहितको वार्ड छुट्याईएको छ ।