बैशाख ५, काठमाडौं – नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १–१ रुपैयाँ मूल्य बढाएको हो ।
मूल्यवृद्धिसँगै काठमाडौं आसपासका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १२१ पुगेको छ भने डिजेल÷मट्टितेलको मूल्य १०४ रुपैयाँ तय गरिएको छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आन्तरिक उडानका लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरेको छ। मूल्यवृद्धिसँगै हवाई इन्धनको मूल्य ७६ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गरिने हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएका छ। यसअघि निगमले पछिल्लो पटक २२ चैतमा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।