चैत ३१, काठमाडौं – प्रधानमन्त्री केपी ओलीले बुधबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने भएका हुन् ।
वैशाख १ गते बिहान ८ बजे उनले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नयाँ वर्षको शुभकामना तथा कोरोना रोकथाममा सरकारको तयारीबारे चर्चा गर्ने बताइएको छ।