एनसीसी बैंकमार्फत अटो रिक्सामा अनलाइन भुक्तानी गर्न सकिने

फागुन २८, बिराटनगर -नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसीे) बैंकले अटो रिक्सामा अनलाइनबाटै भुक्तानीको सुबिधा प्रदान गरेको छ ।

शुक्रबार राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैंकको क्यूआर कोड हस्तान्तरण गरे संगै यात्रुहरुले अनलाइन भुक्तानी गर्न सक्ने भएका छन् ।

यो सुबिधा नोबेल मेडिकल कलेज रुटमा चल्ने अटोमा प्राप्त गर्न सकिने बैंकले बताएको छ । बैंकका अनुसार केएन अटो यातायात प्रालिमा आबद्ध अटोमा क्युआर कोडमार्फत भुक्तानी गर्न सकिने छ ।

उक्त अवसरमा गभर्नर अधिकारीले नगदरहित कारोबार शुरु भएको बताउँदै नोट कम चलाएर डिजिटल कारोबार गर्न आग्रह गरे ।