दैलेख घटना : मदिरा सेवनले गरायो वंशनास !

फागुन २६,बाँके – दैलेखको आठबिस नगरपालिका ३ का मानहिंसा बडुवाल सधै झैँ आइतबार पनि मदिरा सेवन गरेर घर आए । उनको सधै झैँ श्रीमती सुकु बडुवालसँग झगडा भयो । उनीहरुको त्यो दिन अन्य दिन भन्दा ठूलो झगडा भएको स्थानीय बताउँछन् । उसो त उनीहरुको दैनिक जसो मदिरा सेवन कै विषयलाई लिएर झैँ झगडा भइरहन्थ्यो । श्रीमती सुकु मानसिंहलाई मदिरा सेवन नगर्न आग्रह गर्थिन् । सम्झाउथिन् । तर उनले कहिल्यै श्रीमतीले भनेको मानेनन् । न त मदिरा सेवन गर्न नै छोडे । धेरै झगडा हुन थालेपछि आइतबार साँझ डोको नाम्लो बोकेर सुकु आधी घण्टाको बाटोमा रहेको बारीमा गएकी थिइन् मरिदाको मातले मात्तिएका मानसिंहको डरले छोराछोरीलाई समेत लिएर गएकी स्थानीयहरुको भनाइ छ । त्यसपछि उनी कहिल्यै फर्किनन् । संयोग महिला दिवस कै दिन दुखान्त घटना घट्यो । उनीहको परिवारमा ६ जना सदस्य थिए । आमा, बुबा, तीन छोरी र एक छोरा । आमा सुकु बडुवाल ‐३५) गृहिणी थिइन् । बुबा मान बहादुर बडुवाल बाख्रा र भैसी पालन गर्थे । जेठी छोरी कल्पना बडुवाल ‐१४),माहिली सरिता बडुवाल ‐११),साइलो छोरा ललित बडुवाल ‐८) र कान्छी छोरी रजनी बडुवाल ‐५) सहित सुन्दर परिवार थियो ।

मान बहादुर धन कमाउन कालापहाह ‐भारत) जान्थे । पछिल्लोपटक कालापहाडबाट तीन महिला अघि मात्रै फर्किका थिए, बडुवाल । दैलेख प्रहरीका अनुसार घरको आर्थिक अवस्था कमजोर थियो ।उनी दैनिक जसो मदिरा सेवन गरिरहन्थे । कारण थियो,गरिबी र परिवारको अत्यधिक बोझ । श्रीमानले मदिरा सेवा गर्ने गरेका कारण श्रीमतीसँग सामान्य घर झगडा भइरहन्थ्यो । तीन छोरी र एक छोराले आमा बाबा बीचको बेमेल सहेर बसिरहेकै थिए ।

आठबिस नगरपालिकाका नगरप्रमुख खड्कराज उपाध्याय भन्छन्, ‘श्रीमान दैनिक मदिरा सेवन गर्थे । घरमा झगडा भइरहन्थ्यो । त्यो दिन अति भएर घरै छोडेर निस्केको हुनुपर्छ ।घटनाको प्रकृति हेर्दापनि मदिराका कारण यस्तो विनास भएको देखिन्छ ।’
जिल्ला दैलेख आठविस नगरपालिका वडा नम्बर ०३ निमाईल बस्ने मान बडुवाल की छोरी वर्ष १२ की सरिता बडुवाल र वर्ष १४ की कल्पना वडुवाल सोमबार दिउँसो मृत अवस्थामा फेला परेका थिए । यस्तै मगंलबार दिउँसो १२ बजे सुकी बडुवाल ‐आमा) र १० वर्षीय ललित बडुवाल ‐छोरा) पनि मृत भेटिए । अझै ५ वर्षीया रजनी बडुवाल बेपत्ता छिन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी अनुपम श्रेष्ठ पनि घटनाको कारण मदिरा सेवा र श्रीमान र श्रीमती बीचको झगडा नै रहेको बताउँछन् । उनका अनुसार यत्रो ठूलो घटना घट्नुका कारण श्रीमानले दैनिक मदिरा सेवन गर्ने र श्रीमती र छोराछोरीलाई दुव्र्यवहार गर्ने देखिन्छ । यो घटनाले निकै ठूलो नास भएको पनि उनको भनाइ थियो । थप एक जनाको खोजी कार्य जारी रहेको उनले जानकारी दिए । मान बहादुर बडुवाल माथि थप अनुसन्धान थालिएको उनको भनाइ छ ।
यता वडा नम्बर ३ का वडा अध्यक्ष प्रयाग शाहीले पनि मदिरा सेवन कै कारण घटना घटेको बताए । मदिरा सेवन गरेर घर आएका श्रीमान र श्रीमती बीच झगडा भएपछि सबैले नदिमा हाम फालेको आशंका छ ।

यसरी बाहिरियो दुखान्त घटना

अछाम पञ्चदेवल विनायक ननगरपालिका – ४ बेलखेत स्थित कर्णाली नदिमा माछा मार्ने पासोमा २ जना अपरिचित बालिकाका शव फेला परे । नदिमा माछा मार्न गएका सोही ठाउँका रन्जित विकले दिउँसो २ः५० बजेतिर नदिमा बालिकाहरुको शव भेटिएको जानकारी जिल्ला प्रहरी कार्यालय अछामलाई गराए ।

लगत्तै प्रहरी निरीक्षकको कमाण्डमा घटना स्थलमा प्रहरी पुग्यो । उक्त टोलीले दैलेख जिल्लाका विभिन्न वडासम्म खोजतलास र हुलिया पठायो ।अछाम प्रहरीले दैलेख प्रहरीलाई प्राप्त हुलिया अनुसार उनीहरु जिल्ला दैलेख आठविस नगरपालिका वडा नम्बर ३ निमाईल गाउँका किशोरी रहेको पत्ता लाग्यो । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठ सोही गाउँका मान बडुवाल की छोरी वर्ष १२ की सरिता बडुवाल र वर्ष १४ की कल्पना बडुवाल हुन भनी पहिचान भएको जानकारी दिए ।

उनले त्यसपछि बडुवाल कै श्रीमती र छोराछोरी सहित ३ जना हराएको र पत्ता नलागेको कुरा थाहा भएको पनि बताए । ती ३ जनाको थप अनुसन्धान तथा खोजतलास कार्यको लागि प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायव महानिरीक्षक,जिल्ला प्रहरी कार्यालय दैलेखका कार्यालय प्रमुख लगायतको संयुक्त प्रहरी टोली घटना स्थल तर्फ खटिएका थिए । ‘त्यसपछि ठूलै घटना घटेको प्रहरीले अनुमान ग¥यो । लगत्तै थप तीन जनाको खोजी कार्य जारी राख्यो ।’ उनले भने ।

लगातारको प्रसासपछि मंगलबार दिउँसो १२ बजे १ मानसिंह बडुवालकी श्रीमती वर्ष ३५ कि सुकी बडुवाल र उनका छोरा १० वर्षीय ललित बडुवाल पनि मृत अवस्थामा फेला गरेको उनको भनाइ छ । बडुवाल दिदीबहिनी र भाइ नेरा माद्यमिक विद्यालयमा अध्ययनरत थिए । थप एक जनाको खोजी कार्य जारी रहेको अन्य जार जनाको पोष्टमार्टमका लागि अछाम जिल्ला अस्पताल लगिएको उनको अवगत गराए । मानसिंह बडुवाललाई प्रहरीले सोमबार नै पक्राउ गरिसकेको थियो ।