पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा बोकेर अदालत पुगिन कोमल वली

फागुन २५, काठमाडौ – नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध जिल्ला अदालत काठमाडौमा आज गाली बेइज्जती सम्बन्धी कसुरमा मुद्दा दायर हुने भएको छ ।

राष्ट्रियसभा सदस्य कोमल वली पन्तले दिएको अभिव्यक्तिविरुद्ध मुद्दा दायर गर्न अदालत पुगिसकेकी छन् ।

पन्तले फागुन १५ गते एक कार्यक्रममा ‘लैंगिक हिंसा’ हुने अभिव्यक्ति दिएको भन्दै आलोचना भए पछि पन्तले वलीसँग माफीसमेत मागेका थिए ।