लागुऔषध सहित ५ जना पक्राउ

फागुन २५, काठमाडौ – मोरङको सुन्दरहरैचा नगरपालिका १० स्थितबाट लागुऔषध सहित ५ जना पक्राउ गरिएको छ । सोमबार राती ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने ३४ बर्षीय केशब तामाङको कोठाबाट डाईजोल्याप थान-१०, लुपिजेसिक थान-७, एभिल थान-१३ र गांजा २०० ग्राम फेला पारेको छ ।

प्रहरीले तामाङको घरमा लागुऔषध बिक्रि-बितरण तथा सेवन गर्ने गरेको गोप्य सुचनाको आधारमा तामाङ सहित सोही स्थानका २० बर्षीय एलिस खड्का, १९ बर्षीय सरन मगर, २० बर्षीय राजेश मंग्राती र १८ बर्षीय संजिब मगरलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।