फागुन ९, बिराटनगर – प्रदेश १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरबहादुर राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव टेबल हुने भएको छ ।
आइतबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव टेबल हुन लागेको बताइएको छ ।
उनका अनुसार प्रदेश सभा नियमावली २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव नियमावली १२९ (४) बमोजिम पेस हुने उल्लेख छ ।
केही समयअघि नेकपाकै दाहाल–नेपाल समूहले ओली समूहका मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।
त्यसयता दुई पटक बैठक राख्ने प्रयास भएपनि स्थगन भएपछि आइतबार सभामुखको जोडबलमा बैठक बस्न लागेको हो ।