फागुन ३, काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दैछ । कांग्रेसले देशका ७७ वटै जिल्लामा एकै साथ विरोध गर्न लागेको हो ।
सभापति शेरबहादुर देउवाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आज (फागुन ३ गते) ७७ वटै जिल्लामा हुन लागेको विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका हुन् ।
जिल्ला कार्यसमितिहरूले आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन देउवाले अपिल गरेका हुन् ।