फागुन ३, काठमाडौं – राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलहरु हुने भएका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा एपीएफ क्लब र नेपाल पुलिस क्लब बिच प्रतिस्पर्धा हुने भएको छ ।
एपीएफले ९ खेलमा २७ अंक जोडेको छ भने पुलिसले ९ खेलमा १४ अंक जोडेको छ । पुलिस लिगको चौंथो स्थानमा रहेको छ ।
अर्को खेलमा वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।