फागुन २, तेह्रथुम – लालिगुरास -५ स्थितमा बस्ने ७३ बर्षीया मंगलमाया लिम्बुको लडेर मृत्यु भएको छ ।
आज राती स्थानीय पात्ले डाँडामा मंगलमायाको लडेर मृत्यु भएको भनि स्थानीयले ईलाका प्रहरी कार्यालय बसन्तपुरमा जानकारी गराएको प्रहरीले वताएको छ ।
घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।