फागुन २, एजेन्सी – शनिबार राति जापानमा ७.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
जापानको फुकुशीमा केन्द्र भएर गएको ७.१ म्याग्निच्युडको भूकम्पपछि, जापानका मूख्य क्याबिनेट सचिव खातोउले प्रभावित क्षेत्र उद्दार तथा आवश्यक सबै प्रबन्ध मिलाउन सम्बन्धित निकायहरु लागिसकेको जनाएका छन् ।
हाल, फुकुशीमा, मियागी, ईबाराकी, तोचिगी, खानागावा, गुन्मा, यामानाशी तथा शुजुओका प्रान्तका विभिन्न स्थानमा गरेर, ९० हजार घरहरुमा विद्युत आपूर्ति बन्द भएको छ । तर मानवीय तथा भौतिक क्षतिबारे खासै विवरण प्राप्त भएका छैनन् ।