माघ ३०, काठमाडौं – पवन गिरीको स्वरमा रहेको नयाँ म्युजिक भिडियो ‘मनको व्यथा ’ रिलिज हुने भएको छ ।
फेब १३ अर्थात् फाल्गुन २ गते प्रेम दिवसको अवसर पारेर पवनले यो गीतलाई बजारमा ल्याउने भएका हुन् ।
पवनकै शब्द ,संगित रहेको उक्त गीतको भिडियोलाई निर्देशन रिजन थापाले गरेका छन् । विष्णु खरेल र सुरक्षा पन्त फिचर्ड रहेको भिडियोको छायाङ्कन राज पोख्रेलले गरेका हुन् ।
प्रतीक ढुंगेलको सम्पादन र जुनिम् गहतराजको कलरिङ्गमा गीतको भिडियोलाई तयार पारिएको हो ।