माघ १९, काठमाडौँ – संसद विघटनको विरुद्ध नेपाली कांग्रेसका भातृ संस्थाहरूले सोमबार ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएको छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसको १३ वटै भातृ संस्थाको संयुक्त आयोजनामा ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागिएको हो।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज रातो प्रतिगमनविरूद्ध प्रदर्शन हुने बताएका छन्।
उनले पूर्वराजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते गरेको शेरबहादुर देउवा सरकारको विघटनलाई कालो प्रतिगमन र ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई रातो प्रतिगमन भएको बताए।
त्यो ‘माघ १९/ यो माघ १९’ त्यो कालो प्रतिगमन भएको दिन, यो रातो प्रतिगमन विरुद्धको प्रदर्शन रंग प्रतिगमनको जुन भएपनि ढंग उही अन्ततः बहिर्गमन हरेक प्रतिगमनको नियति उही, प्रवक्ता शर्माले आफ्नो ट्विटरमा लेखेका छन्।
कांग्रेसले प्रदर्शनमा सहभागी हुन आइतबार नै विज्ञप्ति निकालेर अपिल गरेको छ।