माघ ८, एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई २ -० ले हराउदै जित हासिल गरेको छ ।
घरेलु मैदानमा बुधबार राति सिटीले एस्टन भिल्लालाई २ ० ले हराएको हो ।
जितसंगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । सिटीले १८ खेलमा ३८ अंक जोडेको छ ।