पुष २६, एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा ग्रानडालाई ४(० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सहज जित निकालेको हो । जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
बार्सिलोनाले १८ खेलमा ३४ अंक जोडेको छ । ग्रानडा २४ अंक जोडेर सातौं स्थानमा रहेको छ