पुष २४, एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नव(निर्वाचित राष्ट्रपति जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले वाशिङ्टनमा रहेको संसद भवन (क्यापिटल)भित्र आफ्ना समर्थकहरुले गरेको हिंसात्मक प्रदर्शनको २४ घण्टापछि बिहीबार एक भिडियो सन्देशमार्फत शान्तिपूर्ण रुपमा बाइडेनलाई सत्ता सुम्पने बताएका हुन् ।
प्रतिवद्धतासँगै ट्रम्पले अन्ततः गएको नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडनको जितलाई स्वीकार गरेका छन् ।
‘मेरो ध्यान अहिले शान्त, व्यवस्थित र निर्वाधरुपमा शक्ति हस्तान्तरणमा केन्द्रीत भएको छ । नयाँ प्रशासनको शपथग्रहण जनवरी २० मा हुनेछ ’उनले भनेका छन् ।